षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार बुढाथोकीलाई

नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङ शाखाले स्थापना गरेको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार २०७८ टक्सार म्यागेजिनका प्रधानसम्पादक गजेन्द्र बुढाथोकीलाई प्रदान गरिने भएको छ।

पुरस्कारको राशि ५० हजार ५१ रुपैयाँ रहेको छ । सो पुरस्कारबाट यसअघि धर्मेन्द्र झा, शिव गाउँले, तारानाथ दाहाल र विनय कसजू पुरस्कृत भइसकेका छन् । 

यसैगरी, षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार २०७८ कान्तिपुर दैनिकका मोरङ सम्वाददाता देवनारायण साहलाई प्रदान गर्ने निर्णय गरिएको छ।

पुरस्कारको राशि १५ हजार १५ रहेको छ । सो पुरस्कारबाट यसअघि मोहन काजी, गणेश लम्साल र राजु श्रेष्ठ पुरस्कृत भइसकेका छन् । 

कार्यसमितिको शनिबार विराटनगरमा बसेको सातौं बैठकले दुवै पुरस्कारको निर्णय गरेको महासंघका अध्यक्ष संजीव खनालले बताए । 

नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा आगामी १६ चैतमा विराटनगरमा पुरस्कार वितरण गरिने महासंघ मोरङका सदस्य तेजन खड्काले बताए । 





  • प्रकाशित मिति : चैत १२, २०७८ शनिबार १३:४५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया