प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले शनिबार रेल्वे सेवाको भर्चुअल उद्घाटन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट शनिबार नेपाल रेल सेवाको उद्घाटन गर्ने भएका छन् ।

प्रधानमन्त्री देउवा र भारतका समकक्षी मोदीले शनिबार दिउँसो साढे १२ बजे नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट सो रेल सेवाको भर्चुअली उद्घाटन गर्ने भएका हुन्।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले यसअघि नै संचालनमा आएको सो रेल सेवा विस्तारसहित पुनः संचालनका ल्याउन लागिएको र त्यसको औपचारिक उद्घाटन प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले भर्चुअली संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

त्यसका लागि जनकपुर रेल्वे स्टेसनमा मण्डल निर्माण गरिएको छ । जयनगरमा अतिविशिष्ट व्यक्तिहरू रहने र त्यहाँबाट प्रोजेक्टरमा दिल्लीमा हुने उद्घाटन कार्यक्रम देखाइने छ ।

त्यसपछि दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गरेपछि रेल कुर्थाका लागि प्रस्थान गर्नेछ । 

प्रत्येक स्टेसनमा स्कुलका बालबालिकाहरु नेपाल भारतको झण्डा लिएर रेलको स्वागत गर्नेछन । उनीहरूलाई समेत त्यही रेलमा चढाएर कुर्था ल्याइनेछ । 



कुर्थामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री  रेणुकुमारी यादवले रेल चढेर जनकपुरसम्म आउने र त्यहाँ उद्घाटनको अन्य कार्यक्रम गरिने कार्य तालिका रहेको छ ।

रेल संचालनका लागि सबै प्रकारको आवश्यक तयारी पूरा भइसकेको छ । 



भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले रेल्वे संचालन भएपछि धनुषाका स्थानीयवासीहरूलाई यातायातको सहजता आउनुका साथै उनीहरूलाई आवतवापत गर्न निकै सुविधा हुने बताइन्।

  • प्रकाशित मिति : चैत १८, २०७८ शुक्रबार १३:५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया