थप २२ जनामा काेराेना संक्रमण

पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । 

देशभरका विभिन्न प्रयाेगशालामा ३ हजार ८३५ जनाकाे नमुना परीक्षण गर्दा थप २२ जनामा संक्रमण देखिएकाे हाे । 

२ हजार ५१६ जनाको पिसिआर परीक्षण र १ हजार ३१९ जनाको एन्टिजेन परीक्षण गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैकाे पनि मृत्यु भएकाे छैन ।

यही अवधिमा ७५ जना निको भएका छन् भने हाल देशभर १ हजार २२ जना सक्रिय संक्रमित रहेका छन् । 
 





  • प्रकाशित मिति : चैत १८, २०७८ शुक्रबार १७:२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया