नेयमार र एम्बाप्पेकाे ह्याट्रिकमा पिएसजीकाे फराकिलो जित

फ्रेन्च लिग वानअन्तर्गत गएरातिकाे खेलमा लिग लिडर पेरिस सन्ट जर्मेन (पिएसजी) ले शानदार जित हात पारेको छ । पिएसजीले घरेलु टाेली क्लेरमाेन्ट फुटमाथि ६-१ को शानदार जित हात पारेकाे हाे ।

गेब्रियल मोन्टपाइड स्टेडियम पिएसजीलाई जित दिलाउन नेयमार र केलियन एम्बाप्पेले ह्याट्रिक पूरा गरे । घरेलु टाेलीका लागि जाेडेल डाेसाेउले एक गाेल फर्काए । 

खेलकाे छैटौं मिनेटमा नेयमारले गाेल गर्दै पिएसजीलाई अग्रता दिलाए । १९ औं मिनेटमा एम्बाप्पेले टाेलीकाे अग्रता दाेब्बर बनाए ।

४२ औं मिनेटमा डाेसाेउले घरेलु टाेलीलाई २-१ काे अवस्थामा ल्याए । ७१ औं  मिनेटमा नेयमारले पेनाल्टीमार्फत व्यत्तिगत दोस्रो तथा पिएसजीका लागि तेस्रो गाेल गरे ।

७४ र ८० औं मिनेटमा एम्बाप्पे गाेल गर्दै आफ्नो  ह्याट्रिक पूरा गरेपछि पाहुना टाेली ५-१ ले अघि बढ्याे । ८३ औं मिनेटमा नेयमारले ह्याट्रिक पूरा गरेपछि पिएसजीले ६-१ को फराकिलाे जित निकाल्याे । 

जितसँगै शीर्ष स्थानकाे पिएसजीले ३१ खेलमा ७१ अंक जाेड्दा पराजित क्लेरमाेन्ट समान खेलबाट २८ अंकका साथ १७ औं स्थानमा छ । लिगअन्तर्गतकै अन्य खेलमा लाेरिन्टले सेन्ट इटिने माथि ६-२ तथा रेनेसले रिम्समाथि ३-२ को जित हात पारे । 






  • प्रकाशित मिति : चैत २७, २०७८ आइतबार ७:२०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया