गाेलीसहित जापान उड्न लागेकी साेबिता पक्राउ

त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट एक युवती पक्राउ परेकी छन् । 

पक्राउ पर्नेमा तनहुँकाे भानु नगरपालिका-७ की २७ वर्षीया साेबिता नेपाली रहेकी छन् ।

प्रहरीले आइतबार राति १ राउन्ड गाेलीसहित उनलाई पक्राउ गरेको हो ।

चेकजाँच गर्ने क्रममा उनकाे झोलामा गोली फेला परेकाे थियाे ।

प्रहरीका अनुसार उनी नेपाल एयरलाइन्सकाे जहाजमार्फत् जापानको नारिता जान लागेकी थिइन् । 

प्रहरीले यस सम्बन्धमा विस्तृत अनुसन्धान गरिरहेकाे छ ।





  • प्रकाशित मिति : चैत २८, २०७८ साेमबार १३:२०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया