स्थानीय तह निर्वाचन : संखुवासभामा पाँचदलीय गठबन्धन नहुने

संखुवासभामा आसन्न स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धन नहुने भएको छ । 

गठबन्धनमा भागबन्डामा कुरा नमिलेपछि पाँचदलीय गठबन्धन नहुने भएकाे हाे ।

खाँदबारीमा चार दिनसम्म गठबन्धनको बैठक बस्दा पनि निष्कर्षमा नपुगेपछि गठबन्धन टुटेको अनुमान गरिएको छ । 

पटकपटक छलफलमा बस्दा पनि निर्णय हुन नसकेपछि गठबन्धन लगभग टुटेको कांग्रेस सभापति दिपक खड्काले जानकारी दिए ।

माओवादी केन्द्र छलफलबाट बाहिरिएपछि गठबन्धनको सम्भावना समाप्त भएको उनले बताए ।

यता, माओवादी केन्द्रका केन्दीय सदस्य तथा जिल्ला इन्चार्ज राजेन्द्र कार्कीले कांग्रेसभित्रको अन्तरविरोधका कारण गठबन्धनमा समस्या भएको बताएका छन्।



कांग्रेसभित्रको आन्तरिक कलहका कारण शुक्रबार पनि सहमतिमा पुग्न नसकेको केन्द्रीय सदस्य कार्कीकाे भनाइ छ ।

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल गर्ने सहमति भएको थियो । 



संखुवासभामा १० स्थानीय तह छन् । त्यसमध्ये कांग्रेसले दुई नगरसहित तीन गाउँपालिका र एमालेले एक नगरसहित दुई गाउँपालिका जितेको थियो ।
 

  • प्रकाशित मिति : बैशाख २, २०७९ शुक्रबार १७:०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया