बी डिभिजन चुनाव : वीरगन्ज, सामाजिक र झम्सिखेल बाहिर

अखिल नेपाल फुटबल संघ (एन्फा)को असार ६ गते हुने भनिएको केन्द्रीय निर्वाचनका लागि ‘बी’ डिभिजनका मताधिकार प्राप्त ११ क्लबको चयन भएको छ ।

सातदोबाटोमा शुक्रबार भएको ‘बी’ डिभिजन क्लबहरूको भेलाले १४ मध्येबाट एन्फाको केन्द्रीय कार्यसमिति चुनावका लागि मताधिकार प्राप्त ११ क्लब चयन गरेका हुन् ।

मतदानमार्फत ११ क्लब चयन गर्दा वीरगञ्ज युनाइटेड, सामाजिक यूथ क्लब र झम्सिखेल यूथ क्लब बाहिरिए ।

श्री भगवती, रानीपोखरी कर्नर टिम आरसिटी, मधयपुर युथ एसोसिएसन, टुसाल युवा, नयाँ बस्ती, खुमलटार युवा क्लब, बाँसबारी, चर्च ब्वाइज युनाइटेड, सरस्वती, श्री कुमारी र ब्याइज युनियन क्लबले मताधिकार प्राप्त गरेका छन् ।

आगामी चारवर्षे कार्यकालका लागि असार ६ गते हुन लागेको निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले नेतृत्वका लागि प्रत्याशी छन् । शेर्पा र नेम्वाङ दुवै प्यानलसहित नै चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् ।

‘बी’ डिभिजन क्लबमध्येबाट दुवै पक्षका पाँच–पाँच क्लबले मताधिकार पाएको दाबी गरिएको छ । चर्च ब्वाइज, बाँसबारी, टोखा, खुमलटार र आरसिटी नेम्वाङ पक्षका क्लब हुन् भने टुसाल, सरस्वती, मध्यपुर, ब्वाइज युनियन र श्री कुमारी शेर्पा पक्षका क्लब हुन् । नयाँ बस्ती भने तटस्थ रहेको बताइएको छ ।



शुक्रबारै दिउँसो भएको ‘सी’ डिभिजन क्लबको चुनावमा नेम्वाङ पक्षले बाजी मारेको थियो । ‘सी’ डिभिजनका १४ मध्ये ९ क्लबले मताधिकार पाउनेमा नेम्वाङ पक्षका आठ र शेर्पा पक्षको एक क्लब सफल भएको दाबी गरिएको थियो ।



  • प्रकाशित मिति : बैशाख २, २०७९ शुक्रबार २१:२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया