आइपिएलमा ६ खेल हारेको मुम्बईका कप्तान रोहितले अझै आस मारेका छैनन्

इन्डियन प्रिमियर लिग (आइपिएल)२०२२ मा निरासजनक प्रदर्शनपछि मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा दुखित छन् । 

आइपिएल इतिहासकै सबैभन्दा सफल टोलीले सुरुवाती ६ खेलमा हार बेहोरेपछि रोहितलाई पीर पर्नु स्वभाविक हो । निरन्तरको हारपछि मुम्बई १० टोली सम्मिलित प्रतियोगिताको सबैभन्दा पुछारमा छ ।

अहिलेसम्म अंकको खाता खोल्न नसके पनि मुम्बई कीर्तिमानी पाँच पटकको विजेता टोली पनि हो । यी सबै खराब स्थितिका बावजुद पनि रोहितले आस भने मारेका छैनन् । उनी भन्छन्, ‘सबै समाप्त भइसकेको जस्तो गरेर दुःख मान्न पनि आवश्यक छैन । अझै धेरै खेल बाँकी छन् ।’

यी ३४ वर्षीय ओपनर के मान्छन् भने आफ्नो टोलीको ध्यान अगाडि हुनुपर्छ, न कि पछाडि । सबै तीनै ढाँचामा भारतीय टिमका कप्तान पनि रहेका रोहितले भन्छन्, ‘पक्कै पनि हाम्रो लागि सबथोक सकिएको स्थिति होइन । हामीलाई राम्रो खेल्नु छ र जित्नु छ । यसका लागि कडा मिहिनेत भने गर्नुपर्छ ।’

रोहित थप्छन्, ‘इमान्दारितापूर्वक भन्दा मैले टोलीका लागि सबै काम गरिरहेको छु, जित मात्र निस्किरहेको छैन । यो सबै स्थितिको जिम्मेवार म आफैँ पनि हुँ । मैले आफ्नो दायित्व पनि भुलेको छैन । क्रिकेट खेल्न थालेको लामो समय भइसकेको छ, त्यसैले मलाई अब के गर्नुपर्छ, त्यो पनि थाहा छ ।’





  • प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार १३:३८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया