logo-img

भिरबाट लडेर म्यादी प्रहरीको मृत्यु

सिन्धुपाल्चोकमा स्थानीय तह निर्वाचन २०७९ को सुरक्षाको लागि म्यादी प्रहरीमा नियुक्ति भएका एकजनाको भिरबाट लडेर ज्यान गएको छ ।

चौतारा सागाचोकगढी नगरपालिका–६का दुर्गासिंह बस्नेत सोही नगरपालिकाको वडा नम्बर ७ स्थित मेलचौरमा प्रशिक्षणका लागि सहभागी हुने क्रममा लडेर मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बुधबार म्यादी प्रहरीको प्रशिक्षण कार्य सम्पन्न भएपश्चात् घर फर्किने क्रममा ज्यान गएको हो ।

बिहीबार बिहान ६ बजे चौतारा–६ पिपलडाँडास्थित चौतारा नवलपुर सडक खण्डको डिलबाट खसेर ४० वर्षीय बस्नेतको मृत्यु भएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।

उनका अनुसार भिरबाट लडेका म्यादी प्रहरी बस्नेतको शव ४० मिटर तल फेलापरेको हो ।





  • प्रकाशित मिति : वैशाख ८, २०७९ बिहीबार २१:२२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया