logo-img

क्यानले टी-२० क्रिकेट लिग आयोजना गर्ने

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी-२० क्रिकेट लिग आयोजना गर्ने घोषणा गरेको छ । 

क्यानले सोमबार एक विज्ञप्ति निकाल्दै टी-२० लिगको घोषणा गरेको हो ।

यस्तै, क्यानले लिगलाई नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मान्यता दिएको जनाएको छ ।

क्यानले यसअघि नै नेपाल टी-२० लिग आयोजना गर्ने बताउँदै आए पनि औपचारिक घोषणा भने गरेको थिएन ।

क्यानले प्रतियोगिताको मिति भने घोषणा गरेको छैन ।

क्यानले प्रतियोगिता आयोजना गर्न भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गरिसकेको छ ।



कैलालीको धनगढीमा भएको क्यानको साधारणसभाले प्रतियोगिताका लागि सेभेन थ्री स्पोर्ट्ससँग गरिएको आठ वर्षको सम्झौता अनुमोदन गरेको थियो । 

लिगका लागि क्यान र सेभेन थ्री स्पोर्टसबीच वार्षिक ३ करोड ९० लाखको सम्झौता भएको बताइएको थियो ।



  • प्रकाशित मिति : वैशाख १२, २०७९ साेमबार १९:३०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया