logo-img

हुम्लामा म्यादी प्रहरी मृत फेला

हुम्ला सदरमुकाम सिमकोटमा एकजना म्यादी प्रहरीको मृत्यु भएको छ । सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा पुगेका एकजना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।

सर्केगाड गाउँपालिका–६ घर भइ हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको ओझाले बताए ।

उनी साथीको कोठामा मृत फेला परेका थिए । झ्याल/ढोका बन्द रहेको र उनी भुइँमा मृत फेला परेको ओझाले बताए । रोकायाको मृत्यु निसासिएर भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 





  • प्रकाशित मिति : वैशाख १६, २०७९ शुक्रबार ७:२९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया