विदेशीलाई पनि नेपालीसरह भाडादर कायम गर्न आवश्यक : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालमा विदेशी नागरिकहरुले पनि नेपालीले सरह हवाइ भाडा भुक्तानी गर्ने वातावरण बनाउनु पर्ने आवश्यकता रहेको बताएका छन् ।

शुक्रबार पर्यटन पुनरुत्थान कार्यविधि २०७८ ग्रहण गर्दै मन्त्री आलेले यस्तो बताएका हुन् । उनले नेपालीहरु विदेशमा जाँदा त्यहाँका नागरिकसरह नै भाडा तिर्ने गरेको भन्दै नेपालमा पनि विदेशीलाई नेपालीसरह भाडादर कायम गर्न आवश्यक रहेको बताए । 

उनले नेपालका लागि इजरायलका राजदूत हनान गोदारसँगको भेटमा राजदूत ओदारले भाडा समान नभएको गुनासो गरेको जानकारी दिए । मन्त्री आलेले राजदूतसँगको भेटमा अहिले कोरोनाको मारमा रहेकोले तत्काल सो समस्या सम्बोधन गर्न नसकिने जानकारी गराएको बताए । मन्त्री आलेले आन्तरिक वायुसेवा कम्पनीहरुलाई टिकट बिक्री गरेअनुसारकै समयमा उडान भर्न पनि निर्देशन दिए ।  

त्यस्तै मन्त्री आलेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा शौचालय व्यवस्थापनको लागि प्रधानमन्त्रीसहित गृह र अर्थमन्त्रीलाई बारम्बार ताकेता गर्दा पनि सुनुवाई नभएको बताए । विमानस्थलमा आउने विदेशी पर्यटकहरु शौचालय जाँदा मुख छोपेर जानुपर्ने बाध्यता रहेको स्पष्ट उनले पारे । 

उनले गृह मन्त्रालय अन्तर्गत रहेको अध्यागमन विभाग र अर्थ मन्त्रालय अन्तर्गत रहेको भन्सार विभागले गर्दा हरेक पर्यटकहरु विमानस्थलमा दुई घण्टा लाइनमा उभिनु पर्ने तथा एटिएमबाट डलर निकाल्ने कामलाई बिगार्ने कामहरु भएको बताए । 

मन्त्री आलेले यस्ता किसिमका क्रियाकलापले पर्यटन मन्त्रालयको बदनाम भएको बताउनु भयो । उहाँले सरकार गठन भएको ९ महिना बितिसक्दा समेत पर्यटन, अर्थ र गृह मन्त्रालयबीच अहिलेसम्म समन्वय हुन नसकेको बताए ।



मन्त्री आलेले शौचालय तथा यात्रु बस्ने ठाउँको व्यवस्थापन गर्न विदेशी कम्पनीहरुलाई ल्याउने तयारी भइरहेको जानकारी दिए ।



  • प्रकाशित मिति : बैशाख १६, २०७९ शुक्रबार १३:५३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया