एनभिए क्लब च्याम्पियनसिप: पुलिस र गण्डकीकाे विजयी सुरुवात

विगागीय टाेली नेपाल पुलिस क्लब र गण्डकी प्रदेशले आइतबारबाट सुरू भएकाे एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिपमा विजय सुरुआत गरेका छन् ।

दिनको दोस्रो खेलमा पुलिसले गलकाेट स्पाेर्ट्स क्लबमाथि ३-० को साेझाे सेटमा जित निकाल्यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सप्पन्न खेलमा पुलिसले २५-१५,२५-१७ र २५-२२ ले आफ्नो पक्षमा पार्दै सुखद् सुरूवात गरेकाे हाे ।

यसअघि दिनको पहिलो खेलमा गण्डकीले ढोरपाटन स्पोर्ट्स क्लबमाथि ३-१ को जित निकालेकाे थियाे ।

गण्डकीले ढोरपाटनमाथि २५-१६, २३-२५, २५-१९, २६-२४ को जित निकालेको हो ।





  • प्रकाशित मिति : बैशाख १८, २०७९ आइतबार १४:३२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया