दार्चुलामा चट्याङ लागेर २ सय ५० भेडाबाख्रा मरे

दार्चुलाको दुँहु गाउँपालिकामा चट्याङले बाख्रा पालक कृषकहरूको ठूलो क्षति भएको छ । मंगलबार बेलुकी परेको चट्याङले दुँहु गाउँपालिका वडा नम्बर ५ को काङर बनक्षेत्रमा चरिचरनका लागि लगिएका भेडाबाख्रा सोतर भएका हुन् । 

दुँहु गाउँपालिकाका स्थानीय जमन सिंह कार्की, जमन सिंह बडाल, दीपक सिंह बडाल र जयलाल बडाल गरी चारजना स्थानीयका २ सय ५० जति भेडाबाख्रा मरेको भेडा पालक किसान कार्कीले बताए ।  

भेडा बाख्रा मरेको खबर प्रहरी चौकी ब्रह्मदेवमा गरेपछि घटनामा भएको क्षति जाँचबुझ गर्न प्रहरीको टोली आज बिहान १० बजेतिर घटनास्थलतिर गएको छ । 

चट्याङ परेको वनक्षेत्र दुँहु पालिकाको केन्द्र हिकिलाबाट झण्डै ८ किलोमिटरको दूरीमा पर्छ । चट्याङले एकैपटक यति ठूलो क्षति भएपछि बाख्रापालक किसान चिन्तित बनेका छन् । 





  • प्रकाशित मिति : बैशाख २१, २०७९ बुधबार २०:४०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया