श्रीलंकामा फेरि संकटकाल

आर्थिक संकटबाट जुधिरहेको श्रीलंकामा फेरि एकपटक संकटकाल लागु गरिएको छ । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षेले आज रातिबाट संकटकाल घोषणा गरेका हुन् । 
यो ६ मेको मध्यरातबाट लागु भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् । 

उनले यो निर्णय एक विशेष क्याबिनेट मिटिङपछि दिएका हुन् । यसअघि लागेको संकटकाट ५ अप्रिलपछि फिर्ता लिइएको थियो ।

राष्ट्रपति राजपक्षेले देशको अस्तित्व रक्षा गर्न, जनताको सुरक्षा गर्न र अत्यावश्यक आपूर्ति तथा सेवाहरुलाई कायम राख्न आफूले संकटकाल लगाएको बताएका छन् । 





  • प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार १०:३७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया