logo-img

बिरामी भएका गोरखाका म्यादी प्रहरीको हेलिकोप्टरमार्फत उद्धार

उत्तरी गोरखाबाट बिरामी म्यादी प्रहरीको थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौं लगिएको छ । बिरामी पर्ने ५१ वर्षीय बेलबहादुर घले हुन् । 

चुमनुब्री गाउँपालिका–३ सिर्दिवासस्थित मतदान केन्द्रमा खटिएका म्यादी प्रहरी बिरामी परेपछि सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । 

उनी चुमनुब्रीको पाङसिङक आधारभूत मतदान केन्द्रमा खटिएका थिए । सोमबार बिहान पाङसिङबाट स्ट्रेचरमार्फत बोकेर सिर्दिवास स्वास्थ्य चौकी ल्याई स्वास्थ्य चेक गरिए पनि घलेको स्वास्थ्यमा सुधार नदेखिएपछि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको हो । 

उनलाई नेपाल प्रहरी हस्पिटल पठाइएको चुमनुब्री गाउँपालिकाका सहायक निर्वाचन अधिकृत भीमसेन श्रेष्ठले बताए ।





  • प्रकाशित मिति : वैशाख २६, २०७९ साेमबार १७:५२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया