मकवानपुरको इन्द्रसरोबरमा एमालेको अग्रता कायमै, पछ्याउँदै गठबन्धन

मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले अग्रता बढाएको छ ।

एमालेबाट अध्यक्षका उम्मेदवार देव कृष्ण पुडासैनी शर्माले २ हजार ६७० मत प्राप्त गर्दै अग्रता बढाएका हुन् । गठबन्धनबाट कांग्रेसका विश्‍व लाल लामाले २ हजार ४८६ मत प्राप्त गर्दै पुडासैनीलाई पछ्याइरहेका छन् । 

पुडासैनी र लामाको मतान्तर १ सय ८४ रहेको छ । त्यस्तै, जनता समाजवादी पार्टी नेपालका देवकुमार लामाले ५६, एकीकृत समाजवादीबाट अध्यक्षका उम्मेदवार जीवन लामाले ३० र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुक्रबहादुर लामाले १३ मत ल्याएका छन् । एकीकृत समाजवादीका लामा इन्द्रसरोबर गाउँपालिकाका निर्वतमान अध्यक्षसमेत हुन् ।

त्यस्तै, उपाध्यक्षमा एमालेकी उमाकुमारी लामाले २ हजार ६१५ र कांग्रेसकी निर्मला रुम्बाले २ हजार ५३५ प्राप्त गरेका छन् । त्यस्तै, उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालकी रस्‍मिला घिसिङले ५२ र स्वतन्त्र उम्मेदवार कमलबहादुर घिसिङले शून्य मत पाएका छन् । 





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १२:१०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया