logo-img

अर्घाखाँचीको भूमिकास्थान नगरप्रमुखमा जनमोर्चाका थापा विजयी

भूमिकास्थान नगरपालिकाको नगर प्रमुखमा राष्ट्रिय जनमोर्चाका नेता झविलाल थापा निर्वाचित भएका छन् ।

केहीबेरअघि भएको मतगणनाको परिणामअनुसार नेकपा एमालेका रेशम थापालाई ७०० मतले पराजित गर्दै थापा नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

गठबन्धनबाट उम्मेदवार बनेका थापाले ८३२४ मत प्राप्त गर्दा एमाले उम्मेदवार थापाले ७५२४ मत प्राप्त गरेका छन् । साथै उपप्रमुखमा पनि गठबन्धन पक्षधर माओवादी नेता बालकृष्ण बन्जाडे निर्वाचित भएका छन् ।





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार २०:२१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया