logo-img

स्थानीय सोमल हिराचन भन्छन्– बादल डम्मै लागेको छ, ठोक्किएको आवाज आएको थियो

पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरको जहाज अहिलेसम्म सम्पर्कविहिन भएको छ । मुस्ताङको लेतेमा रहेको टिटी तालपारीको पहाडबाट एउटा ठूलो आवाज आएको स्थानीयले बताएका कारण जहाज त्यहाँ दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

त्यसको खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको छ । 

फरकधारको सम्पर्कमा आएका लेतेका सोमल हिराचनले अहिले बादल डम्मै लागेकाले खोजी कार्य प्रभावित भएको हुनसक्ने बताए । 

‘त्यहाँबाट आवाज आएको भन्ने चाहिँ हो तर के भएको कसो भएको भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन,’ उनले फरकधारलाई भने, ‘अहिले होलिकोप्टर उडाइएको छ । तर, केही पत्तो लागेको छैन ।’

उनले बादल लागेकाले पनि खोजी कार्य प्रभावित भएको हुनसक्ने अनुमान गरेका छन् । ‘हामीलाई पनि आवाज सुनिएको हो भन्ने लागेको हो,’ उनले भने, ‘तर, एकिन केही भन्न सकिएको छैन ।’






  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १२:१२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया