logo-img

हराइरहेको तारा एयरका पाइलट प्रभाकरले अन्तर्वार्तामा भनेका थिए– माउन्टेनमा फ्लाइट गर्ने निकै अनुशासित हुनुपर्छ

पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरको ट्विनअटर विमान आज विहानदेखि बेपत्ता छ । 

यो विमान मुस्ताङको जोमसोम पुग्नुअगाडि नै लेते क्षेत्रमा दुर्घटनामा परेको हुनसक्ने प्रारम्भिक रिपोर्ट आएका छन् । तर, यसको स्थलगत पुष्टि हुन बाँकी छ ।

विमान ९ बजेर ५५ मिनेटमा उडान भरेको थियो । 

विमानमा ४ भारतीयसहित ६ विदेशी र १६ जना नेपाली यात्रु सवार थिए । यीमध्ये ३ जना चालक दलका सदस्य थिए । 

विमानलाई पाइलट प्रभाकर घिमिरेले उडान भरेका थिए । 

घिमिरे लामो समयदेखि नेपालका माउन्टेन क्षेत्रमा उडान भर्दै आएका पाइलट हुन् । 



यसअघि उनले एनबिसी नामको एक मिडियामा लुक्लामा उडान भर्दाको विषयमा अन्तर्वार्ता दिएका थिए । 

त्यो अन्तर्वार्तामा उनले भनेका थिए, ‘लुक्लाको पाइलट हुनका लागि एकदमै अनुशासित हुनुपर्छ, र एक जनासँग प्रिसाइज ह्यान्डलिङ हुनुपर्छ ।’




  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १३:४४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया