गठबन्धन सरकारको बजेट भाषणमा पनि गोरखा शब्द सुनिएनः  डा. बाबुराम भट्टराई


पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई वर्तमान गठबन्धन सरकारले पनि गोरखा जिल्लालाई बेवास्ता गरेको आरोप लगाएका छन् । 

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा गोरखा जिल्लामा ठूलो बजेट नपरेपछि उनले त्यस्तो आरोप लगाएका हुन् । 

‘नेकपा सरकारले ४ बर्षसम्म गोरखामा कुनै नयाँ योजना वा ठुलो बजेट राखेन । अहिलेको गठबन्धन सरकारको बजेट भाषणमा पनि गोरखा शब्द सुनिएन !,’ डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् । 

आफूले गोरखाको विकासको लागि जति कराए पनि सरकारले नसुनेको उनले बताएका छन् ।

‘बेनीघाट–आरूघाट–लार्के सडक, पालुङटार एयरपोर्ट, ऐतिहासिक–धार्मिक पर्यटन सर्किट, औद्योगिक क्षेत्र, जडीबुटी केन्द्र, कृषि परियोजना, शैक्षिक केन्द्र आदिबारे कराइयो ! खै ?,’ उनले भनेका छन् । 





  • प्रकाशित मिति : जेठ १६, २०७९ साेमबार १७:२८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया