बागमती प्रदेश नीति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षा, कृषिमा प्राथमिकता (पूर्ण पाठसहित)

बागमती प्रदेश सरकारले आव ०७९÷०८०को लागि सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आत्मनिर्भर अर्थतन्त्रका लागि योजना ल्याउने गरी नीति तथा कार्यक्रम तयार पारेको छ । प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा कृषि, उत्पादन, रोजगारी लगायतका विषयलाई प्राथमिकतामा राखेको प्रस्तुत नीति कार्यक्रमले देखाएको छ । 

नसर्ने रोग व्यापक रूपमा बढ्दै गइरहेको सन्दर्भमा प्रदेश अस्पताल र स्थानीय तहको सहकार्यमा रोगको नियन्त्रण पहिचान र स्वास्थ्य परीक्षण कार्यलाई सघन रूपमा सञ्चालन गरिने जनाइएको छ । 

संघीय सरकार र स्थानीय तहसँगको सहकार्यमा दीर्घरोगी र अशक्तहरूको निम्ति समुदायमा आधारित सेवा (प्यालिएटिभ केयर)को नियमित सेवा पुर्याइने व्यवस्था गरिनेछ बताइएको छ । त्यस्तै ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’अन्तर्गत विपन्न नागरिकलाई क्यान्सर, हृदयाघात, मस्तिष्काघात र अप्स्टेट्रिक फिष्टुलालगायत रोगको उपचारमा दिइँदै आएको सहुलियत व्यवस्थालाई थप प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । मृगौला रोगीका लागि सञ्चालित निःशुल्क डायलासिस सेवा प्रदेशमातहतका सबै अस्पतालमा विस्तार गरिने प्रदेश प्रमुख शर्माले बताए ।

त्यस्तै, उच्च शिक्षा पढ्नका लागि छोरी–बुहारीलाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिनुका साथै प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने र रंगशाला निर्माण गर्ने योजना अघि बढाएको प्रदेश प्रमुख शर्माले बताए । त्यसैगरी पशु बिमालाई प्रभावकारी बनाउने र संघ तथा स्थानीय तहको समन्वयमा एक वडा, एक पशु सेवा कार्यालयको स्थापना गरिने बताए ।





  • प्रकाशित मिति : जेठ १६, २०७९ साेमबार २०:५४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया