धनगढीमा अपांगता भएका व्यक्तिलाई पंखा र स्वयंसेविकालाई साइकल वितरण

धनगढी उपमहानगरपालिका वडा नम्बर २ ले अपांगता भएका व्यक्तिहरुलाई पंखा वितरण गरेको छ । यस्तै स्वयंसेविकालाई साइकल वितरण गरेको छ । शुक्रबार धनगढीका मेयर गोपाल हमाल, उपमेयर कन्दकला राना र वडा अध्यक्ष धर्मराज ओझाले संयुक्त रुपमा हस्तारन्तण गरे ।

साइकल धनगढीमा केही दिनदेखि अत्यधिक गर्मी हुन थालेपछि ‘क’ वर्ग र ‘ख’ वर्गका गरी ४५ जना अपांगता भएका व्यक्तिलाई गर्मीबाट राहत दिन वडा कार्यालयले टेबुल पंखा वितरण गरेको हो ।

अत्यधिक गर्मीले जनजीवन प्रभावित भइरहेका बेला ‘क’ वर्गका अपांगता भएका व्यक्तिलाई  झनै सकस रहेको वडा नम्बर २ का वडाध्यक्ष धर्मराज ओझाले बताए । ‘पूर्ण असक्त रहेका तथा हिँडडुल गर्नै नसक्ने र अरुको सहारामा दैनिक जीवन यापन गरिरहेका ‘क’ वर्गका अपांगता भएका व्यक्ति सुतिरहँदा शरीर पसिनाले निथ्रुक्क भिजिरहेको हुन्छ, त्यस्तो अवस्था नहोस् र उनीहरुलाई गर्मीबाट राहत मिलोस् भनेर पंखा वितरण गरेका हौँ,’ उनले भने ।

यसैगरी वडा कार्यालयले वडामा रहेका १० जना महिला स्वयंसेविकालाई साइकल वितरण गरेको छ । गाउँघरमा गएर स्वास्थ्य चेतना फैलाउने स्वयंसेविकालाई साइकल वितरण गरिएको पनि वडाध्यक्ष ओझाले बताए ।





  • प्रकाशित मिति : जेठ २७, २०७९ शुक्रबार २०:४०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया