राष्ट्रिय स्वाधिनताको प्रश्नमा जोसँग विचार मिल्छ, उहीसँग चुनावी तालमेल हुन्छः देव गुरुङ
असार १५ गतेको केन्द्रीय कमिटी बैठकबाट पदाधिकारी चयन

नेकपा (माओवादी केन्द्र)ले आगामी असार १५ गतेको केन्द्रीय कमिटी बैठकबाट पदाधिकारी चयन गर्ने भएको छ । सो पार्टीका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले यस्तो संकेत गरेका हुन् । 

सोमबार संसद भवनपरिसरमा सञ्चारकर्मीले पदाधिकारी नियुक्ति कहिले हुन्छ ? भनेर प्रश्न गरेका थिए । उनले आगामी असार १५ गते बस्ने बैठकले त्यसबारे आवश्यक निर्णय लिन सक्ने जवाफ दिए । पार्टी पदाधिकारीको चयन आवश्यकताअनुसार केन्द्रीय कमिटी बैठक बसेर उपयुक्त समयमा निर्णय लिने विषय भएको उनले बताए । 

एमाले अध्यक्ष केपी ओली र नेता नारायणकाजी बीचको भेटघाटबारे बोल्दै उनले भने, ‘राष्ट्रिय स्वाधिनताको प्रश्नमा जोसँग विचार मिल्छ, हामी उहीसँग चुनावी तालमेल गरेर जान्छौँ । विगतमा एमालेले संसद विघटन गरेर प्रतिगमनतिर गएकाले कांग्रेससँग सहकार्य गरेर स्थानीय तह निर्वाचनमा जानुपरेको हो ।’

नेता गुरुङले पार्टीका नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष ओलीसँग गरेको भेटलाई स्वाभाविकै रुपमा लिइएको प्रतिक्रिया दिए । राष्ट्रिय स्वाधिनताको सवालमा निकट रहेको पार्टीसँग आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गरेर जान सकिने उनले बताए । 





  • प्रकाशित मिति : जेठ ३०, २०७९ साेमबार २२:३३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया