इजिप्ट फुटबल प्रशिक्षक तीन खेलपछि नै बर्खास्त

इजिप्टको फुटबल संघले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक एहाब गलाललाई बर्खास्त गरेको छ । ५४ वर्षीय गालाल तीन खेलपछि नै बर्खास्तीमा परेका हुन् । उनी गत अप्रिलमा कार्लोस क्विरोजको स्थानमा प्रशिक्षक बनेका थिए ।

गलालको पहिलो खेलमा इजिप्टले नेसन्स कप छनोटमा गिनियामाथि १–० को जित निकालेको थियो । तर, त्यसपछिका दुई खेलमा हार बेहोरेपछि उनी बर्खास्तीमा परेका हुन् । 

इजिप्टले दक्षिण कोरियासँगको मैत्रीपूर्ण खेलमा ४–१ तथा २०२३ को अफ्रिका कप अफ नेसन्स छनोटमा इथियोपियासँग २–० को हार बेहोरेको थियो ।  फुटबल संघका बोर्ड सदस्य हाजेम इमामले विदेशी प्रशिक्षक नियुक्त गर्न खोजिरहेका बताएका छन् ।

‘संघ धेरै विदेशी प्रशिक्षकहरूसँग वार्तामा छ । हामी एक प्राविधिक निर्देशक पनि ल्याउने तयारीमा छौं,’ इमामले भने, ‘म प्रशिक्षक एहाब गलाललाई धन्यवाद दिन चाहन्छु, एक धेरै सम्मानजनक व्यक्ति, जसले केही कठिन परिस्थितिमा काम गरे । म उनीसँग माफी माग्न चाहन्छु, तर कहिलेकाहीँ दबाब धेरै हुन्छ र हामीले देख्यौँ कि यो सबैको लागि परिवर्तन गर्नु राम्रो हुनेछ ।’





  • प्रकाशित मिति : असार ३, २०७९ शुक्रबार १३:४४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया