यस्ताे छ नेम्वाङको नेतृत्वमा चयन भएकाे एन्फा नयाँ कार्यसमिति

पंकजविक्रम नेम्वाङकाे नेतृत्वमा आगामी चार वर्षका लागि अखिल नेपाल फुटबल संघ एन्फाको नयाँ कार्यसमिति चयन भएकाे छ । संघको नयाँ नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनमा २१ सदस्यीय कार्यसमितिमा चयन भएका १९ मध्ये १२ नेम्वाङ तथा सात निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा प्यानलका छन् ।

दुई खुल्ला सदस्यकाे टुङ्गाे भने पछि लाग्नेछ । अध्यक्षमा नेम्वाङ निर्वाचित हुँदा वरिष्ठ उपाध्यक्षमा उनकै प्यानलका वीरबहादुर खड्काले जित हात पारे । नेम्वाङले शेर्पा तथा खड्काले शिक्षित पराजुलीलाई पराजित गरेका हुन् ।

उपाध्यक्षमा नेम्वाङ प्यानलका दावा लामा, दीपक खतिवडा, विराटजंग शाही तथा शेर्पा प्यानलका दीर्घबहादुर केसी निर्वाचित भए । महिला सदस्यमा भने दुवै प्यानलका एक/एक उम्मेदवार विजयी भए ।

नेम्वाङ प्यानलकी सरिला श्रेष्ठ र शेर्पा प्यानलकी पेमा डोल्मा लामा विजयी भएका हुन् । १३ खुल्ला सदस्य पदका लागि भएको निर्वाचनले ११ जना मात्रै चयन गरेको छ । जसमा नेम्वाङ प्यानलका ६ तथा शेर्पा प्यानलका ५ जना विजयी भएका छन् ।

चार उम्मेदवारले समान ३९ मत प्राप्त गरेपछि दुई सदस्यको टुङ्गो लागेको छैन । एन्फाको विधानअनुसार आजै पुन: निर्वाचन गर्न सम्भव नहुने भएपछि बाँकी दुई सदस्यको टुङ्गाे विशेष साधारण सभाबाट लगाइने भएकाे छ ।

शेर्पा प्यानलका रुपेश अधिकारी, लोकेन्द्र गुरुङ र दीपक थापा क्षेत्री तथा नेम्वाङ प्यानलका दीपेन्द्र धिमालले समान मत प्राप्त गरेका हुन् । खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित अनिल मल्ल, रविन्द्र चन्द, विकास नारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री र पुरुषोत्तम थापा नेम्वाङ प्यानलका हुन् ।



मनिष जोशी, रमेश व्यञ्जनकार, मनिराज विष्ट, टिकाराम लामा र भरत बुढ्थापा शेर्पा प्यानलका हुन् ।  

२१ औं चुनावी साधारण सभाले चयन गरेको १९ सदस्यीय कार्यसमिति:



अध्यक्ष : पंकजविक्रम नेम्वाङ (४५)

वरिष्ठ उपाध्यक्ष : वीरबहादुर खड्का (४४)

उपाध्यक्ष : दावा लामा (४८), विराटजंग शाही (४७), दीपक खतिवडा (४७),  दीर्घबहादुर केसी (४३) 

महिला सदस्य : सरिला श्रेष्ठ (४६)  पेमा डोल्मा लामा (४३), 

सदस्य : मनिष जोशी (४८),अनिल मल्ल (४७), रविन्द्र चन्द (४६),  भोजराज शाही (४४), महेन्द्र क्षेत्री (४४), विजय नारायण श्रेष्ठ (४४), पुरुषोत्तम थापा (४३), रमेश व्यञ्जनकार (४३), मणिराज विष्ट (४२), टिकाराम लामा (४१), भरत बुढ्थापा (४०) ।

  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार ७:१५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया