मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको नीति कार्यक्रम र बजेट अर्थ विधेयक २०७९ र विनियोजन विधेयक २०७९ सर्वसम्मत पारित भएको छ । आज बसेको नगरपालिकाको एघारौं अधिवेशनको तेस्रो बैठकले नीति कार्यक्रम र बजेट अर्थ विधेयक २०७९ र विनियोजन विधेयक २०७९ सर्वसम्मत पारित गरेको हो ।
उपमहानगरपालिकाले गत १२ असरमा नीति तथा कार्यक्रमहरू र सोको कार्यान्वयनका लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८२० रुपियाँ बजेट सार्वजनिक गरेको थियो । नगरको विकासको लागि विभिन्न ठूला तथा साना अधुरा योजनाहरू, नयाँ योजनाहरू सम्पन्न गर्न तथा अगाडि बढाउन अब बाटो खुलेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।