logo-img

बलात्कार आरोप लागेका पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुखले दिए राजीनामा

बलात्कार आरोप लागेपछि बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्र नेगीले राजीनामा दिएका छन् । ज्याला मजदुरी गर्दै आएकी एक महिलाले बलात्कार गरेको आरोप लगाएपछि नेगीले पदबाट राजीनामा दिएका हुन् । 
 
उनीमाथि कैलाली घर भई बैतडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलालाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । पीडित महिलाले आफूमाथि बलात्कार भएको बताउँदै कैलालीबाट मुद्दा दर्ता गर्ने बताएकी छन् ।   

२० असारमा क्याम्पस प्रमुख नेगीले मजदुर महिलालाई बलात्कार गरेको बताइए पनि अहिलेसम्म प्रहरी यो घटनाबारे अनभिज्ञ रहेको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ताले यसबारेमा कुनै पनि जानकारी नभएको बताए ।

चौधरी समुदायकी ती महिलाले पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख नेगीले राति २ बजे जबरजस्ती करणी गरेको बताएकी छन् । क्याम्पस प्रमुख नेगीले २० असारमा राति पानी माग्ने बहानामा मुख थुनेर आफूमाथि बलात्कार गरेको ती महिलाको आरोप छ ।






  • प्रकाशित मिति : असार २७, २०७९ साेमबार ९:५९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया