कांग्रेसलाई पहिलो दल बनाउनेबाहेक मेरो अरु योजना छैन : देउवा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई पहिलो पार्टी बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन् । 

मंगलबार कांग्रेस केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै देउवाले कांग्रेसलाई पहिलो पार्टी बनाएर सक्षम व्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्ने बताएका हुुन् । 

चुनावमा सत्ता गठबन्धनबीच तालमेल गरेर जानुपर्नेमा जोड दिएका देउवाले आगामी निर्वाचनबाट कांग्रेस पहिलो दल बन्ने विश्वास दिलाएका थिए । 

 ‘पार्टीलाई पहिलो बनाएर सक्षम व्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्छु,’ बैठकमा देउवाले भने, ‘कांग्रेसलाई पहिलो दल बनाउनेबाहेक मेरो अरु कुनै योजना छैन ।’  





  • प्रकाशित मिति : असार २८, २०७९ मंगलबार २१:७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया