श्रीलंकाको कोलम्बोमा रोकिएन प्रदर्शन

औपचारिक रूपमा पदबाट राजीनामा दिएका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्स पुगेपछि श्रीलंकाको राजधानी कोलम्बोमा भने फेरि प्रदर्शन सुरु भएको छ । उनी बुधबार बिहान सेनाको विमानमा माल्दिभ्सको राजधानी माले पुगेका थिए ।

आफ्ना विरुद्ध व्यापक प्रदर्शन भइरहेका बेला उनि आज बिहान माल्दिभ्स पुगेका हुन् । उनलाई मालेको वेलाना विमानस्थलमा माल्दिभ्स सरकारका प्रतिनिधिले स्वागत गरेका थिए ।

गोटाबाया राजापाक्षे माल्दिभ्स पुगे पनि उनको विरुद्धमा हजारौं प्रदर्शनकारी श्रीलंकाको राजधानी कोलम्बोमा सडकमा उत्रिएका छन् । भीडलाई तितरबितर गर्न सुरक्षा बलले पानीको फोहोरा प्रयोग गरेको थियो । 

राष्ट्रपति राजापाक्षे, उनकी पत्नी र दुई अङ्गरक्षकहरू कोलम्बो अन्तर्राष्ट्रिय विमानस्थलबाट सेनाको विमान चढेका थिए । उनका भाइ तथा पूर्व अर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेका छन् । राजापाक्षेले सेनासँग एउटा विमानको लागि अनुरोध गरेपछि सेना राष्ट्रपतिलाई विमान उपलब्ध गराउन ‘बाध्यकारी’ भएको थियो । राजापाक्षे राष्ट्रपतिको रूपमा फौजको सर्वोच्च कमान्डर हुन् । 





  • प्रकाशित मिति : असार २९, २०७९ बुधबार १३:२९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया