आइपिओ जारी गर्दै कान्तिपुर टेलिभिजन

कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले सर्वसाधारणलाई आइपिओ जारी गर्ने भएको छ । कान्तिपुर टेलिभिजन २० औं वर्ष प्रवेशका अवसरमा बिहीबार आयोजित विशेष समारोहमा केटीभीका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले छिट्टै आइपिओ जारी हुने जानकारी दिएका हुन् ।

सेयर निष्कासनका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धकसमेत तोकिएको छ  । समारोहमा अध्यक्ष सिरोहिया र सानिमाका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले सेयर निष्कासनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए । 

‘हामीले १९ वर्षसम्म मेहनत गरेर दर्शकको विश्वास जितेका छौं, यो सफलतामा आगामी दिनमा सर्वसाधारण लगानीकर्तासँग साझेदारी गर्न टेलिभिजनलाई पब्लिक लिमिटेड बनाएका हौं,’ अध्यक्ष सिरोहियाले भने । 





  • प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार ६:३९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया