आइसिसी लिग-२ : नामिबियासँग बदला लिने नेपालको लक्ष्य

आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजकाे आफ्नो तेस्रो खेलमा नेपालले आज नामिबियाकाे सामना गर्दैछ । खेल स्कटल्याण्डकाे कम्बसदुन न्यू मैदानमा नेपाली समय अनुसार दिउँसाे पौने चार बजे सुरु हुनेछ ।

नामिबियाविरुद्ध नेपाल पहिलो भेटमा बेहोरेको हारको बदला लिने प्रयासमा हुनेछ । नेपालले यसअघि नामिबियासँगै ४० रनले पराजित हुँदा स्कटल्याण्डलाई पाँच विकेटले हराएकाे थियाे ।

 नामिबिया भने नेपाललाई लगातार दोस्रो भेटमा हराउन चाहन्छ ।  यसअघि नामिबियाले नेपाललाई ४० रनले हराउँदा स्कटल्याण्डसँग ७७ रन र तीन विकेटकाे पराजय बेहाेरेकाे थियाे ।

१८ खेलमा १७ अंक जाेडेकाे नेपाल लिग-२ काे पाँचौं स्थानमा रहँदा नामिबिया १७ खेलमा १६ अंकका साथ छैटौं स्थानमा छ ।





  • प्रकाशित मिति : असार ३२, २०७९ शनिबार ९:१९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया