जर्मन क्लब डर्टमण्डका फरवार्ड हलरलाई क्यान्सर

जर्मन क्लब बोरुसिया डर्टमण्डका फरवार्ड सेबास्टियन हलरलाई टेस्टिकुलर क्यान्सर पुष्टि भएको छ । क्लबले आफ्नो वेबसाइटमार्फत फरवार्ड हालेरको अण्डकोषमा ट्युमर देखिएको बताएको हो । 

यही सिजन डच क्लब आयाक्सबाट अनुबन्धित भएका हलको सोमबार गरिएको परीक्षणपछि अण्डकोषमा ट्युमर रहेको पत्ता लगेको हो । उनलाई स्विट्जरल्याण्डमा भइरहेको प्रशिक्षणका दौरान असहज महसुस भएको थियो  

आइभोरी कोस्टका २८ वर्षीय फरवार्ड हलर १८ महिनाको आयाक्स बसाइलाई बिट मार्दै २९ मिलियन पाउन्डमा चार वर्षका लागि डर्टमण्डमा अनुबन्धित भएका हुन् ।

फ्रान्सको उमेर समूहबाट प्रतिनिधित्व गरिसकेका हलर २०२० देखि आइभोरी कोस्टको राष्ट्रिय टोलीबाट खेलिरहेका छन् । उनले गत सिजन आयाक्सका लागि ४२ खेलमा ३४ गोल गरेका थिए ।  
 
 





  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार १०:५२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया