बैंकबाट पैसा झिकेर फर्किने क्रममा एक महिलाको दुई लाख रुपैयाँ लुटियो

मधेस प्रदेशको राजधानी जनकपुरधाममा बैंकबाट पैसा झिकेर फर्किने क्रममा एक महिलाको दुई लाख रुपैयाँ लुटिएको छ ।

अज्ञात समूहले सोमबार दिउँसो जनकपुरधाम–१ निवासी शर्मिला यादवको साथबाट रकम लुटेको हो ।
 
वडा नम्बर–१ मिल्स एरियास्थित एभरेष्ट बैंकबाट रकम निकालेर घर फर्किने क्रममा मोटरसाइकलमा आएका दुईजनाले यादवको रकम लुटेको प्रहरीको भनाइ छ ।

साउदीमा रहेका शर्मिलाका श्रीमान् देवशरणले पठाएको रकम बैंकबाट झिकेर घरतर्फ जान लाग्दा मोनास्टिक स्कुलनजिकै एउटा मोटरसाइकलमा आएका दुईजनाले आफूले बोकको झोला हातबाट लिएर भागेको शर्मिलाले बताइन् ।
 
झोलामा २ लाख, नागरिकता, बैंकसम्बन्धी कागजात र थप ५ सय रहेको उनले बताएकी छन् ।

लुटेराहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।





  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार १७:५३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया