logo-img

लेबनानको ५० करोड डलरको ऋणपत्र किनिदिँदै कतार

दोहा– कतारले लेबनानको करिब ५० करोड अमेरिकी डलर बराबरको ऋणपत्र किन्ने भएको छ । कतारी इमिर (राजा) अरब मुलुकहरूको आर्थिक सम्मेलनका लागि लेबनानको राजधानी बेरुत पुगेको भोलिपल्ट कतारले लेबनानको ऋणपत्र किनेर सहयोग गर्ने जनाएको हो । 

‘कतार सरकारले लेबनानी सरकारको ५० करोड बराबरको ऋणपत्र किनेर आर्थिक संकटबाट गुज्रिरहेको अरब मुलुकलाई सहयोग गर्ने निर्णय गरेको छ,’ विदेशमन्त्री मोहम्मद विन अब्दुलरहमान अल–थानीको विज्ञप्तिलाई उद्धृत गर्दै कतार न्युज एजेन्सीले भनेको छ । 

‘कतारका इमिर शेख तामिम विन हमाद अल–थानी र लेबनानी राष्ट्रपति मिसेल आउनबीच सोमबार भएको भेटवार्तापछि लेबनानको अर्थतन्त्रलाई मजबुत पार्ने विश्वाससहित कतारले ऋणपत्र खरिद गर्ने निर्णय लिएको हो,’ कतारी विदेशमन्त्रीले बताएका छन् । लेबनानी सरकारले कठिन एवं ठूलो आर्थिक संकट व्यहोरेका वेला कतारले यो निर्णय लिएको हो । 

लेबनानका अर्थमन्त्रीले यसै महिना राज्यको सार्वजनिक ऋणबारे दिएको अभिव्यक्तिले त्यहाँको बजारलाई त्रस्त पारेको थियो । उक्त घोषणाले लेवनानलाई विश्वका खराब अर्थतन्त्र भएका मुलुकहरूको सूचीमा रहेको पुष्टि गरेको थियो । 

गत वर्ष अप्रिलमा पेरिसमा भएको लेबनानको सहयोग र विकासका लागि अन्तराष्ट्रिय सम्मेलनमा फ्रान्सले ११ अर्ब अमेरिकी डलर बराबरको सहयोग घोषणा गरेको थियो । 

तर, लेवनानमा करिब आठ महिनाअघि भएको निर्वाचनपछि पनि राजनीतिक विवादका कारण नयाँ सरकार स्थापना हुन नसक्दा सरकारविहीन अवस्था रहेको भन्दै उसले राजनीतिक विवाद जारी रहेमा सहयोग रोकिने चेतावनी दिएको थियो । 





  • प्रकाशित मिति : माघ ७, २०७५ साेमबार १९:२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया