logo-img

नारायणगढ–मुग्लिङ सडक खण्डमा पहिरो, सयौँ सवारी साधन रोकिए
फाइल तस्बिर

नारायणगढ–मुग्लिङ सडक खण्डमा फेरी पहिरो जाँदा सयौँ सवारी साधन रोकिन पुगेका छन् । भरतपुर महानगरपालिका–२९ मौरीखोला पुलमा मंगलबार राति पुनः पहिरो खसेपछि पूर्व पश्चिमतर्फ लागेका सयौँ सवारी साधन रोकिन पुगेका हुन ।
 
पहिरो स्थललगायत आसपासमा रहेका प्रहरीले बस्ती भएको ठाउँमा सवारी साधन पार्किङ गर्न अनुरोध गरेको छ । यात्रुहरूलाई खानपीन, शौचालय लगायतमा समस्या नहोस् भनेर प्रहरीले सवारी चालक लगायतसँग अनुरोध गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार बुधवार राति साढे २ बजेतिर मौरी खोला पुलमा फेरी पहिरो गएकाले पन्छाउने कार्य भने जारी राखिएको छ । उनका अनुसार सोमबार राति ११ बजे पनि पहिरो खसे पछि २३ घण्टा पछि मंगलबार राति पौने १० बजे उक्त पहिरो सफा गरेर सवारी  खुलाइएको थियो । तर, लगत्तै बुधवार राती पनि सोही ठाउँमा पहिरो गएका कारण सयौँ सवारी साधन रोकिन पुगेका छन् ।

बुधवार राती खसेको पहिरोले भारतीय नम्बर प्लेटको एउटा मिनी ट्रकमा पनि सामान्य क्षति भए पनि थप धनजनको भने क्षति हुन पुगेको छैन । पहिरोका कारण बाटोमा सोमबार रातिदेखि कै सयौँ सवारीहरू अलपत्र अवस्थामा रहेका छन् भने पहिरोको जोखिम अझै कायम भएको भन्दै प्रहरीले सवारीहरू बस्ती भएको छेउछाउमा रोक्नका लागि माइकिङ गरेको छ ।  





  • प्रकाशित मिति : साउन १८, २०७९ बुधबार ८:५६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया