मिटरब्याजीका आरोपी चौधरीलाई सर्लाही पठाइयो
फाइल तस्बिर

मिटरब्याजीका आरोपी सञ्जय चौधरी रौनियारलाई प्रहरीले सर्लाही पठाएको छ । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरका बासिन्दा ५२ वर्षीय रौनियारलाई मङ्गलबार जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको हो ।​

रौनियारविरुद्ध ठगी गरेको आरोपमा परेको उजुरी सम्बन्धमा अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको अनुरोधमा उता पठाइएको इलाका प्रहरी कार्यालय बर्दिबास (महोत्तरी)ले जनाएको हो ।

सर्लाहीमा चर्को ब्याजमा ऋण लगानी गरेर ठगी गरेको रौनियारमाथि आरोप छ । यही आरोपमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीको अनुरोधअनुसार उनलाई सर्लाही पठाइएको हो । सर्लाही पुर्‍याइएका रौनियारलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराई थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

रौनियारले मिटरब्याजमा ऋण लगानी गरेर सयौँ सर्वसाधारणलाई बिल्लीबाठ बनाएको गुनासो बढ्दै आएको थियो । यस्ता गुनासोमा प्रहरीमा उजुरी नै परेपछि लामो समय भारतमा लुकीछिपी बस्दै आएका रौनियार यसपालि प्रहरी पक्कडमा परेका हुन् ।

सीमावर्ती भारतका आफन्तकहाँ बस्दै आएका रौनियार सर्लाही नगएर महोत्तरीको गौशालाबजार पुगेका थिए । 





  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार ८:५३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया