नेयमार र एम्बाप्पेको गोलमा पिएसजीको लगातार दोस्रो जित

स्टार खेलाडी नेयमार र केलियन एम्बाप्पेको गोलमा पेरिस सेन्ड जर्मेन (पिएसजी) ले प फ्रेन्च लिग वानमा लगातार दोस्रो जित निकालेको छ । गएराति घरेलु मैदानमा पिएसजीले मोन्टपिलोयरलाई ५–२ अन्तरले पराजित गर्‍यो ।

पिएसजीको जितमा नेयमारले दुई तथा एम्बाप्पेलेसहित रिनाटो सान्चेजले एक/एक गोल गर्दा फालाए साक्नोले आत्मघाती गोल गरे ।

यस्तै, भ्रमणकारी टोलीका लागि वाहबी खाज्री र यन्जोले सान्त्वना गोल गरे । पिएसजीको जितमा लियोनल मेस्सी भने गोलविहीन रहे । जितसँगै दुई खेलबाट ६ अंक बनाएको पिएसजी शीर्ष स्थानमा छ ।

पराजित मोन्ट ४ अंकसहित आठौं स्थानमा छ ।





  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार ७:४७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया