logo-img

प्रतिनिधिसभा निर्वाचन : मकवानपुर क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीबाट खतिवडा उम्मेद्वार सिफारिस

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले मकवानपुरको क्षेत्र नम्बर दुईबाट विरोध खतिवडालाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी क्षेत्र नम्बर २ को आज बसेको बैठकले एकीकृत समाजवादीका नेता खतिवडालाई प्रतिनिधिसभा क्षेत्र नम्बर २ को उम्मेदवार बनाउन पार्टी जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो ।

आगामी १० भदौमा बस्ने पार्टी जिल्ला कमिटीको बैठकले खतिवडाको नाम प्रदेश कमिटीमा सिफरिस गर्ने निर्णय गर्ने एकीकृत समाजवादी मकवानपुरका सचिव विष्णु दाहालले जानकारी दिए । आसन्न चुनावका लागि प्रतिनिधिसभा क्षेत्र नम्बर २ को एकीकृत समाजवादीले खतिवडाको एकल नाम सिफारिस गर्ने निर्णय लिएको हो ।

लगातार चारपटक चुनाव उठेर जितेका खतिवडालाई फेरि पार्टीबाट प्रतिनिधिसभामा उम्मेदवार बनाउने निर्णय भएको हो । खतिवडा २०४८, २०५१, २०५६ र २०७४ सालमा भएको निर्वाचनमा विजयी भएका थिए ।

यस्तै, समानुपातिकमा केदार न्यौपाने, राजाराम स्याङतान र मुनु सिग्देलको नाम सिफारिस गर्ने निर्णय गरेको छ भने राष्ट्रिय सभामा ललित बस्नेतको नाम सिफारिस गर्ने निर्णय भएको पार्टीले जनाएको छ ।

आजै बसेको प्रतिनिधिसभा २ को प्रदेश क र ख को लागि पनि उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश क का अध्यक्ष किरणमान बलको अध्यक्षतामा बसेको बैठकले क मा रामचन्द्र बललाई प्रत्यक्ष र समानुपातिकमै उम्मेदवार बनाउने निर्णय गरेको छ । 



यस्तै, समानुपातिकमा बेगम बरालको नाम सिफारिस गर्ने निर्णय गरिएको छ । यस्तै, प्रदेशसभा ख मा प्रत्यक्षमा भुमिनन्द अर्याल, समानुपातिकमा गोविन्दराम चेपाङ, कृष्णबहादुर चेपाङ, सूर्यमान चेपाङ (कर्ण) र मनिला विष्टलाई उम्मेदवार बनाउन नाम सिफारिस गर्ने निर्णय गरेको हो । 

क्षेत्र नम्बर २ को प्रदेशसभाको ख का अध्यक्ष टंक मोक्तानको अध्यक्षतामा बैठक बसेको हो । चुनावमा पार्टीबाट उम्मेदवार हुनेको नाम यही १० भदौभित्र सिफारिस गर्नुपर्ने एकीकृत समाजवादीको केन्द्रीय सर्कुलरअनुसार मकवानपुरको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।



प्रतिनिधिसभाका लागि एक महिला सदस्यसहित पाँच र प्रदेशसभामा एक महिलासहित चारजनाको नाम सिफारिस गर्नुपर्ने सर्कुलर अनुसार पार्टीको बैठकले निर्णय गरेको हो ।

बैठकमा पार्टीका नेताहरु विरोध खतिवडा, बागमती प्रदेश सदस्य रामचन्द्र बल, ललित बस्नेत, सूर्यचन्द्र न्यौपाने लगायत उपस्थित थिए । 

  • प्रकाशित मिति : भदौ ४, २०७९ शनिबार २१:१८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया