फ्रान्समा भएको अल्ट्रा दौडमा नेपाली सुनमाया दोस्रो

विश्वकै प्रतिष्ठित अल्ट्रा दौड मोन्ट ब्लांक (यूटिएमबी) को १०० किलोमिटर विधामा नेपालकी सुनमाया बुढा दोस्रो भएकी छन् ।

द नर्थ फेस एडभेन्चर क्लबका लागि खेलेकी सुनमायाले गएराति आयोजित प्रतियोगितामा मोन्ट ब्लांक क्षेत्रको कोर्ष रेकर्ड तोड्दै ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा निर्धारित दूरी पूरा गरेकी हुन् ।


उनी फ्रान्सकै ब्लेन्डिन हिरोन्डेलसँग पछि परिन् । गतवर्ष यूटिएमबी थाइल्याण्डमा पहिलो भएपछि सुनमाया विश्व च्याम्पियनसिपको मान्यता पाएको यो प्रतियोगितामा छनोट भएकी हुन्।

२०१७ मा पनि मोन्ट ब्लांक ८० किमि दौडडमा सहभागिता जनाएकी सुनमाया त्यतिबेला सातौं भएकी थिइन् । 





  • प्रकाशित मिति : भदौ ११, २०७९ शनिबार ११:५३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया