logo-img

राष्ट्रिय जनमोर्चाले गठबन्धनमा दुई सिट दाबी गर्ने, बाग्लुङबाट केसी प्युठानबाट पौडेल उम्मेदवार

राष्ट्रिय जनमोर्चाले गठबन्धनमा दुई सिट दाबी गर्ने भएको छ । राष्ट्रिय जनमोर्चाको संसदीय बोर्डको बैठक बोर्डको बैठकले अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य दुर्गा पौडेललाई उम्मेदवारको रूपमा अगाडि सार्ने निर्णय गरेको छ ।

बैठकले बाग्लुङको प्रतिनिधि सभाको १ नम्बर निर्वाचन क्षेत्रबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र प्यूठान प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य दुर्गा पौडेललाई उम्मेदवारको रूपमा अगाडि सार्ने निर्णय गरेको हो । 

बैठकले विभिन्न जिल्लाबाट प्रदेश तथा केन्द्रका लागि सिफारिस भई आएका उम्मेदवारको सूचीमाथि छलफल गरेको थियो । प्रदेश तथा केन्द्रका लागि उम्मेदवारको रुपमा सिफारिस भई आएका अन्य नेताका बारेमा गरिएका निर्णय क्रमशः सार्वजनिक गर्दै जाने जनमोर्चाले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ १८, २०७९ शनिबार १९:३३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया