नवाैं राष्ट्रिय खेलकुद: पुरुष क्रिकेट २३ भदाैबाट हुने

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको पुरुष काठमाडौंमा भदौमै आयोजना हुने भएको छ ।

नवौं राष्ट्रिय खेलकुदको प्रचारप्रसार उपसमितिले आइतबार एक विज्ञप्ति निकाल्दै राष्ट्रिय खेलकुदअन्तर्गतकाे पुरुष क्रिकेट २३-३१ भदौसम्म हुने जनाएको हाे ।

प्रतियोगिताको खेलहरू कीर्तिपुरस्थित त्रिवी र मुलपानी क्रिकेट मैदानमा आयोजना हुनेछ ।

गण्डकीमा आयोजना हुने नवौं खेलकुद २८ असोज देखि ३ कात्तिकसम्म हुने  छ ।

क्रिकेटको अन्तर्राष्ट्रिय खेल तालिकासँग नबाझिने गरि आयोजना गरि दिन नेपाल क्रिकेट संघ क्यानबाट भएको आग्रह र प्रस्ताव गरेको मिति र स्थान सम्बन्धमा सहभागी ११ वटै टाेलीलाई पत्राचार गरिएको र सहभागी सबै टाेलीका समेत सहमती प्राप्त भएपश्चात मिति र खेल स्थल परिवर्तन गरिएको उपसमितिले जनाएको छ । 

उपसमितिले प्रतियोगितामा सहभागी ११ टाेलीलाई दुई समूहमा विभाजन गर्दै खेल तालिकासमेत सार्वजनिक गरेको 
छ ।



सार्वजनिक तालिकाअनुसार समूह `ए´ मा मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब छन् ।

त्यस्तै, समूह `बी´मा बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, एनआरएनए र प्रदेश १ छन् ।



प्रतियाेगताकाे पहिलाे दिन त्रिवि क्रिकेट मैदानमा एनआरएनएले सुदूरपश्चिम तथा मूलपानी क्रिकेट मैदानमा मधेश प्रदेशले  गण्डकीकाे सामना गर्नेछ ।

  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार २०:२२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया