logo-img

रवि लामिछानेले फेसबुकमा तस्वीर सार्वजनिक गरेपछि छानबिनमा तानिए इन्स्पेक्टर र असई

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिरासतमा रहेका व्यक्तिसँग गफ गरिरहेको तस्वीर सोमबार दिउँसो फेसबुकमा राखेका छन् । उनको यो तस्वीर सार्वजनिक भएपछि प्रहरीले छानबिन समिति गठन गरेको छ । 

आइतबार बायोमेट्रिक्सका लागि भिएएफएस ग्लोबल पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि दुव्र्यवहार गरेको आरोप लागेपछि त्यहाँका सुरक्षागार्ड शेरजंग गुरुङ पक्राउ परेका थिए । 

उनलाई पक्राउ गर्न मन्त्री श्रेष्ठका पिएसओले उजुरी दिएका थिए ।

तिनै गुरुङलाई लामिछानेले प्रहरी वृत्त दरबारमार्ग पुगेर सोमबार भेटेका हुन् । उनले भेटेपछि तस्वीर फेसबुकमा राखेका छन् ।

तस्वीर बाहिर आएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले प्रहरी उपरीक्षकको नेतृत्वमा छानबिन समिति गठन गरेको कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रवीन्द्र  धानुकले जानकारी दिएका छन् ।

प्रहरी उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति बनाएको हो । रविले गुरुङलाई भेट्दा त्यहाँ रहेका एक प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकलाई छानबिनका लागि रानीपोखरी तानेको बताए ।



शेरजंग गुरूङमाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको छ । उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।




  • प्रकाशित मिति : भदौ २०, २०७९ साेमबार १६:१२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया