प्रहरी हिरासतमा रहेका गुरुङलाई भेटे रवि लामिछानेले

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रहरी हिरासतमा पुगेर शेरजंग गुरुङसँग भेटघाट गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका शेरजंग गुरूङलाई सोमबार लामिछाने प्रहरी वृत्त दरबारमार्ग पुगेर भेटेका हुन् । 

भेटपछि लामिछानेले फेसबुकमा भेटको तस्वीर सार्वजनिक गरेका छन् ।

उनले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङ सँग भेटेर उहाँलाई धन्यवाद दिएर आएको छु। कानुन सबैलाई बराबर हुन्छ। शेरजंग जी भन्नु हुन्छ गुरुङको छोरो आवाज अलि ठूलो भयो होला तर मैले कुनै दुव्र्यवहार गरेको छैन। मन्त्री भन्ने मलाई थाहा पनि भएन थाहा भए पनि डिउटी त गर्नै पर्यो। यदि उहाँको भनाइ सत्य हो भने उहाँलाई थुनामा राख्ने होइन ससम्मान रिहा गरियोस्। दण्डित होइन पुरस्कृत गरियोस्। नियम मिचेर लाइन नबस्ने मन्त्री लाई चाहिँ कानुन नमानेको अभियोगमा अनुसन्धान गरियोस्।’
 






  • प्रकाशित मिति : भदौ २०, २०७९ साेमबार १६:५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया