इगा स्विटेक युएस ओपनकाे क्वार्टरफाइनमा

महिलातर्फ विश्व नम्बर १ इगा स्विटेक युएस ओपन टेनिस प्रतियाेगिताकाे   क्वार्टरफाइनल प्रवेश गरेकी छन् । पाेल्याण्डकी स्विटेक गएराति सम्पन्न खेलमा जर्मनीकी जुल निमेयरलाई ३–१ काे साेझाे सेटमा पाराजित गर्दै क्वार्टरफाईन प्रवेश गरेकी हुन् ।

लुइस आर्मस्ट्रङ स्टेडियममा पहिलाे सेट २–६ ले गुमाए पनि उत्कृष्ट पुनरागमन गरेकी स्विटेकले त्यसपछिका सेट ६–४ र ६–० ले जित्दै खेल आफ्नो पक्षमा पारिन् ।

अब सेमिफाइनल प्रवेशका लागि स्विटेकले अमेरिकाकी जेसिका पेगुलाकाे सामना गर्नेछिन् । पेगुलाले चेक रिपब्लिककी पेट्रा केभिटाेभालाई ६–३ र ६–२ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिन् ।

बेलारुसकी आर्यना सबालेन्का पनि क्वार्टरफाइनल प्रवेश गरेकी छन् । उनी आज बिहान सम्पन्न खेलमा अमेरिकाकी डेनियल कोलिन्सलाई ३–६, ६–३ र ६–२ ले हराउँदै क्वार्टरफाइनल प्रवेश गरेकी हुन् ।





  • प्रकाशित मिति : भदौ २१, २०७९ मंगलबार ८:२७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया