रसुवा र तातोपानी नाका कूटनीतिक संवादमार्फत खुलाउन सरकारसँग सुजाताको माग
फाइल तस्वीर

नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले चीनसँगका दुईवटा उत्तरी नाकाको समस्या कूटनीतिक संवादमार्फत समाधान गर्न सरकारसँग माग गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा समय माग गरेर बोल्दै सांसद कोइरालाले यस्तो माग गरेकी हुन् । 

उनले चीनसँगका दुईवटा रसुवा र तातोपानी नाका लामो समयदेखि बन्द हुँदा व्यापार, व्यवसाय प्रभावित भएको बताइन् । 

उनले लामो समयसम्म सीमा नाकामा चाडपर्वका लागि भनेर आयात गरिएका सामान रोकिँदा व्यवसायी मर्कामा परेकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन् । 

सांसद कोइरालाले नाका बन्द हुँदा व्यापारी पीडित भएको र उनीहरू आत्महत्या गर्नेसम्मको अवस्थामा पुगेकाले सो विषयमा कूटनीति पहल गर्न सरकारसँग आग्रहसमेत गरिन् । 

सांसद कोइरालाले परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणताका चिनियाँ पक्षबाट जारी भएको विज्ञप्तिमा ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपालको संलग्नताबारे उल्लेख भएको भन्दै त्यसबारे सरकारसँग जवाफ माग गरिन् । 



उनले चिनियाँ राजदूतको पत्रिकामा प्रकाशित लेखमा तथा चिनियाँ उच्च राजनीतिक सल्लाहकारले राष्ट्रियसभाका अध्यक्षसँग भएको कुराकानीमा पनि उल्लेख गरेको बताइन् ।

सांसद कोइरालाले नेपालको कुनै पनि सेक्युरिटी एलाइन्समा सहभागी हुने नीति विपरीत आएका अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालय मौन बस्न नहुने बताइन् ।



  • प्रकाशित मिति : भदौ २१, २०७९ मंगलबार १५:४३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया