आज पनि उपत्यकाका भित्री सडकमा सवारी आवागमन प्रभावित

आज पनि काठमाडौं उपत्यकाका भित्री सडकमा सवारी आवागमन प्रभावित भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जारी गरेको सूचनाअनुसार बिहान ९ बजेदेखि काठमाडौंको कालिमाटीदेखि भक्तपुरको सल्लाघारीसम्म र दिउँसो साढे तीन बजे आसपास कालिमाटीदेखि महाराजगञ्जसम्मको सडकमा आवागमन प्रभावित हुने जनाएको हो ।

नेपाल भ्रमणमा रहेको चिनियाँ जनकंग्रेसका अध्क्ष ली चान्सु नेतृत्वको प्रतिनिधि मण्डल आज बिहान भक्तपुर भ्रमणमा जाने र दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने कार्यक्रम भएकाले सवारी आवागमन प्रभावित हुने भएको हो ।

यी समयमा वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयले अनुरोधसमेत गरेको छ ।





  • प्रकाशित मिति : भदौ २९, २०७९ बुधबार १०:१७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया