संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज पनि बयान लिँदैछ । जबरासँग पूरक प्रश्न गर्न आज बिहान ९ बजे बैठक डाकिएको छ ।
समितिले यसअघि उनीसँग ४३ वटा प्रश्न सोधिसकेको छ । बयानका क्रममा जबराले सात जना वकिलको नाम लिएका थिए । समितिले बिहीबार उनीहरुसँग सोधपुछ गरेको थियो ।
सर्वोच्चका ६ जना बहालवाला न्यायाधीश र ४ पूर्वप्रधानन्यायाधीशलाई समितिले छलफलका लागि बोलाए पनि उनीहरू उपस्थित भएनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।