मुख्यमन्त्री राउतले गराए पर्सा १(ख) बाट उम्मेदवारी दर्ता
फरकधार / २३ असोज, २०७९

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभाका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उनले पर्साको १(ख)बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
 
मुख्यमन्त्री राउतले जनता समाजवादी पार्टी नेपालको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि २०७४ सालको निर्वाचनमा उनी सोही निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका थिए ।



राउतले ९ हजार ८०४ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार सर्राफले ६ हजार ८२९ मत ल्याएका थिए।





  • प्रकाशित मिति : असोज २३, २०७९ आइतबार १८:३७:२०,   अन्तिम अपडेट : असोज २३, २०७९ आइतबार १८:४०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया