logo-img

रुकुम पश्चिममा कांग्रेस नेताको उम्मेदवारी खारेज

रुकुम पश्चिमको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’मा नेपाली कांग्रेसका उम्मेदवार प्रेमप्रकाश वलीको उम्मेदवारी खारेज भएको छ । 

बैकिङ कसुर मुद्दामा उच्च अदालत सुर्खेतबाट दोषी ठहर भएर सजाय पाएका वलीविरुद्ध उम्मेदवार हुन अयोग्य भएको भन्दै उजुरी परेको थियो ।

माओवादी केन्द्रका प्रदेश सभा ुखु का उम्मेदवार राजकुमार शर्माको तर्फबाट उजुरी परेकोको थियो ।

त्यसमाथि छानबिनपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार वलीको उम्मेदवारी खारेज गरेको हो । उम्मेदवारी खारेजीमा परेका वली रुकुम पश्चिम काग्रेसका सभापति पनि हुन् ।

कांग्रेस नेता वलीलाई बैंकिङ कसुर मुद्दामा एक महिना कैद र जरिवाना हुने ठहरी फैसला भएको थियो। तर उनले सजाय भुक्तान नगरेकाले अयोग्य रहेको दाबी गरिएको थियो ।






  • प्रकाशित मिति : असोज २५, २०७९ मंगलबार १९:१८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया